आजका बतासे फुल

कवि
कवि

डिल्लीराम शर्मा आचार्य 
नर्वे

बतासे फुल पनि विस्वादिला मात्र छन्
न त अंकुराउनै सक्छन् न त फक्रनै
बास्ना विनाको गेटफुल झैं
आज काँडैकाँडा भइदिएछ
यो धर्तीको गहनाहरु उजाड भएर
वैलाए पछि मन तुल्बुलाईरहेछ ।

नयनभरी एकछिन् रमाइलो पारिदिन्छ
केवल नेत्रहीनको संंसार झैं
एकछिनका लागिमात्र
कानले मीठामीठा शव्द बटुल्छ
विदारक हृदय त्यसै गुन्गुनाउँछ
घरीघरी फुल्न तम्सिन्छ
विस्वादिलो बतासे फुल
चाखेपछि मात्र ऊ भन्छ,
कति विस्वादिलो होला ?
तर,मुखले छुन नपाउँदै
बतासे फुलको अनुभूति
मात्रै बटुल्न पुग्दछ ।

चाख्नेले स्वाद भन्दैन
नचाख्नेले स्वाद पाएको छ
तर ऊ केहीपनि जान्दैन
प्रकृतिले नदिएको होइन
भालेले स्वर मात्र पारिदिएको भए
कति चल्लाको जन्म हँदो हो ?

समयको तूलो बोकेका भाले
अर्कै डाँडामा बसेर कुलिन्छन्
त्यहाँ बतासे फुल फुल्न पाएनन्
स्वाद चाख्न खोज्नेहरु कम छैनन्
शक्तिका दबाबमा
महिलाहरु राँडी भए झैं
प्रकृति र निरंकुशते
बतासे फुलमात्र पारिरहेकोे छ ।
अब कस्तो प्रजातन्त्र ?
पजातन्त्रको विधान राम्रो छ
तर देशमा लागु हँुदैन
सुख,समृद्धि एवं शान्तिको प्रत्याभूति दिलाइन्छ
तर—हात मुख भने जोडिदैन ।

प्रजातन्त्रको परिभाषा दिन सजिलो छ
तर जनताले न्याय पाउँदैनन्
अब कस्तो प्रजातन्त्र ?
भाइले भाइ मार्ने ?
छोराले बावु पर्छार्ने ?
धनीले गरीब थिच्ने ?
बाठाले निर्धा मिच्ने ?
वकील र्झै पुलिसले घूस छिन्ने ?
मान्छेले मान्छे नचिन्ने ?
दाजुले बहिनी किन्ने ?
स्वदेशीलाई विदेशी र विदेशीलाई
स्वदेशी बनाउने ?
अब कस्तो प्रजातन्त्र ?
छातीमा रगत बगाउने
दलाललाई कुर्सी दिलाउने
असर्दामा विष पिलाउने
न्यायधिसलाई घूस खिलाउने
अब कस्तो प्रजातन्त्र ?
कतै प्रजातन्त्र नपाएर रोइरहेका
कतै पाउनेहरुले पनि हात धोइसके
कतै धुन ठिक्क परिरहेका
कतै माथियातन्त्र नाताबाद,
भष्टचार र कृपाबाद
कतै मशाल जुलूस जिन्दाबाद
अब कस्तो प्रजातन्त्र ?
कतै ठूटाका फेदमा बम पट्किन्छन्
रित्तो चिच्याहटसँग
आफ्ना पाइतालाले
आर्काको शरीर बोकेर कुदेको
अब कस्तो प्रजातन्त्र ?
मित्रहरुलाई मेरो सन्देश

यो मेरो शान्तिको देश
यही दिन्छु म मित्रहरुलाई शान्ति सन्देश
जहाँ महिला कैदी बलात्कृत हुन्छिन्
जहाँ लाखौं मानवहृदय चिडिन्छन्
अनि दिनहु गलामा फासिका डोरी झुण्डिन्छन्
आणविक अस्त्रहरु जहाँ जन्मिन्छन्
अनि निरिहका छातीमा पड्किन्छन्
यही हो मेरो शान्तिको देश
यही दिन्छु म मित्रलाई शान्ति सन्देश ।

यी मेरा कुल्कुलाउँदा आँखाले
विश्व हाँसेको मन पराउन्न
चिरिएका मानव हृदय हेर्न रुचाउने आँखा
जहाँ विस्फोटको आवाज नै छैन
त्यहाँ मेरो जन्म हँुदैन
यही हो मेरो शान्तिको देश
यही दिन्छु मित्रलाई शान्ति सन्देश ।

कसैले आज मलाई निर्विष गोमन देख्छन्
तर मैले डसेको प्राणी बाँच्न सकिरहेका छैनन्
म नै शान्तिको वहाक
निशस्त्रीकरणको सन्देशकार
न देखिन्छ मेरो रवाफ
तर मेरा आँखाले मन पराउछ
केवल
खरानीको थाकथाक ।

म सुन्न चहान्न रतिक्रिडाको चित्कार
शभ्य नारी पनि मबाट छन् बलात्कार
अझ विश्वको टुप्पी समाउने मेरै जिम्मेवार
म नै आज विश्वको एकमात्र बफादार

Leave a Reply

Your email address will not be published. Required fields are marked *