आज भाइ टिका हो

रिमेन आलोक,
अस्ट्रेलिया

जति खेर हामी छुटेका थियौँ
आँखा भरी आँसु पारी
मन भारी बनाउँदै
अन्तिम हात हल्लाउँदै
म बिदा भएको थिए
त्यो दिनदेखि तपाईँको हातले
मेरो निधार खोजिरहेको होला
यता मलाई पनि उस्तै भएको छ
किन कि!
आज भाइ टिका हो।

बिछोड पनि कस्तो अचम्मको
ती मखमली, सयपत्री फूलमा
सजिएर रमाएको पल
हाम्रो माया भाइटिकासम्म
आएर टक्क रोकिन्थ्यो,,!
तर आज,,,,?

बिछोड पनि कस्तो अचम्मको
ती मखमली, सयपत्री फूलमा
सजिएर रमाएको पल
हाम्रो माया भाइ टिकासम्म
आएर टक्क रोकिन्थ्यो,,!
तर आज,,,,?
तपाईँको हात र मेरो निधारको
यो तिहारमा पनि भेट नहुने भो
त्यसैले आज मेरो दिल दुखेको छ
किन कि!
आज भाइ टिका हो।

वरिपरि झिलिमिली घरै रमाइलो
देउसे भैलो आगनीमा मनै रमाइलो
भट्ट्याउनेको ताँती देख्दा
साथी सङ्गी हाँसखेल गर्दा
उमङ्गको बहार आउँदा
खुसियाली  मनमा छाउँदा
यो छाती पोली रहन्छ,,
तिमीलाई खोजिरहन्छ
किन कि!
आज भाइ टिका हो।

तिनै काखमा हुर्किएँ
कहिले रमाएँ कहिले ठुस्कीए
झगडा गर्नपनि पछि परिनँ
सगैं हुँदाका पल,,देखाएँ होला बल
तिमी त आज टाढा भएकी छौ
चाडबाडमा गाडा भएकी छौ
तस्बिर हेरेर चित्त बुझाउँछु
किन कि!
आज भाइ टिका हो।

वरिपरि चेली र माइतीको रमझम देख्दा
मनमा आगो बल्दो हो
यो भाग्यको चुनौतीमा
तस्बिरलाई अङ्गालो हाल्दै
देउसी भैलोको गीतमा भावुक हुँदै
म आउने बाटो कुर्दै आगनीमा
त्यो आइरहेको यात्रीलाई हेर्दै
आज मलाइ सम्झेर रुदी हौ
किन कि!
आज भाइ टिका हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *