उनको स्मृतिमा-म पात्र

तिलारुपा आचार्य / ओहायो, अमेरिका

शून्यातामा हराएको

अनौठो म पात्र

तिम्रा सम्झना सम्झनाहरु माझ

मेरा अनेकौँ खुशी

आँखाभरी अतीत

याद र अविरल कल्पनाहरु

मेरो मनले खिचेको तिम्रो चित्र

जिवित अनि अमर छ !

अनिश्चित भविष्य,

मिठो सपना र परिवर्तित

संसारको रङ्गिन यात्रामा

कौतूहल, उमङ्ग र उत्साहा

बीच बीचमा निराशाका रेसाहरु

थोरै खुशी,

दु:खका पहाडहरु

संघर्षको झोली बोकेर

भौतारिँदो यो पात्र !

बाध्यताहरु बीच

आफू–आफूमा अलगिनुको

छुट्टै वास्तविकता छ

थोरै खुशीमा पनि तिम्रै सम्झना

मन मस्तिकमा पुरानै स्मृति

सदा गौरव छ तिम्रै!

संसारका हरेक कुनामा

अपरिचित वातावरणका

कठीन परिस्थितिहरु बीच

रुमलिदै छु म पात्र

सबैतिर बेगिएका यी पाइलाहरु,

एसिया, अमेरिका,अष्ट्रेलिया

अनि यूरोपका प्रत्येक कुना कुनामा

तिम्रै गौरव बाँचिरहेछ !

पृथ्वीको आफ्नै रफ्तार छ

निरन्तर चलिरहन्छ

सिसा नचर्किदो कहाँ हो र?

भविष्य नचर्किएको कहाँ छ र?

जिन्दगी आरोह अवरोहबीच

आँफैमा परिचालित छ

तिता मिठा भोगाइहरु बीच

अपरिचित परिस्थिति अनि

कठिनाइहरु बीच

आँफैमा प्रश्न चिन्ह

म पात्र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *