उनी मान्छे .. !!!

कवि
कवि

प्रतिमान सिवा
ओहाइयो, अमेरिका

सानो,
सुन्दर,
असल,
सङ्ग्लो,
बाटुलो,
अनि अति राम्रो
एक हृदय
उसले बोकेको छ ।

अटल,
असल,
अति गहिरो,
अति प्रगाढ
विस्वास
त्यो हृदयभित्र
उसले बोकेको छ ।

मुहारमा,
मुस्कानमा,
नयनमा,
स्वभावमा
कान्ति,
शान्तिका ज्योति
उसले राखेको छ ।

दु:ख,
पीडा,
इर्ष्या,
लोभ,
लालच,
अहम,
घमण्ड,
अनि द्वविधा
हुँदो हो
उसलाई पनि ।
तर खै…. !!!
कहाँ ढाकेको छ ? ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *