ऐना

Ohio, America

डिल्लीराम रेग्मी 
ओहायो, अमेरिका
एकोहोरो ऐनामा
आफैँलाई नियालिरहँदा
मानौँ यस्तो लाग्छ
यो घरमा म जस्तै
मलाई नजिकै चिन्ने अरू पनि कोही रहेछ
र मनलाई अपार सान्त्वना मिल्छ!
मैले आजसम्म
यस्तो सोचेको थिइनँ
कि के थाहा
यो ऐनाको पछाडि पनि
एउटा अभिन्न दुनियाँ छ !
बिलकुल हाम्रो जस्तै
अनि हामी जस्तै मानिस
र उस्तै सोच
तर,
यो त्रासदीदेखि बिलकुल पर
विज्ञानदेखि धेरै टाढा
अनि यी क्षत-विक्षत अपराधहरूदेखि
बिलकुलै भिन्न !
के थाहा,
ऐनाको त्यो दुनियाँलाई
हाम्रो दुनियाँ
ऐना जस्तै पो लाग्छ कि????

Leave a Reply

Your email address will not be published. Required fields are marked *