कुन रङ्गको कमि थियो ?

टी आर रेग्मी
खुदुनाबारी

म त इन्द्रेणी सातै रङ्गको
तिमीले खोज्यौ आठौ रङ्ग
पाइनँ मैँले तिमीले खोज्या रङ्ग
सानु ! त्यसैले हार्दैछु आफैसंग

शुभकामना छ तिमीलाई
नयाँ जीवनको
खोज आठौँ रङ्ग तिमी
बनाऊ इन्द्रेणी नयाँ ढङ्गको

सफलता र कीर्ति तिम्रै लागि
इन्द्रेणीहुने छ आँठै रङ्गको
नवीन नाता हुने छ तिम्रो
धर्ती आकाशसंगको

रचना : २३/७/२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *