केही रुबाई

Dev Bhandariदेव भण्डारी
नर्थ क्यारोलाइना, अमेरिका

कान्छीको भट्टीले मलाई भोगी बनायो,
पैसा सबै मासेर मलाई जोगी बनायो,
मैँले खाए सुरुमा, अहिले उसले खान्छ,
फोक्सो सबै खायो अनि रोगी बनायो !!

आज फेरि मलाई राष्ट्र जोगाउन गा’को, भाइको याद आयो,
संस्कृति जोगाउन, ज्यानको बाजी ला’को, दाइको याद आयो,

महंगा-सवारी, महंगा-घर किन नहोस् परदेशमा,
बगरमा बालुवा खा’को, माईको याद आयो !

तिमी हाँस्दा संसार हाँस्छ, हाँसिरहु न सानु,
तिमी नाच्दा संसार नाच्छ, नाँचिरहु न सानु,
तिम्रो छाया ओझेल हुँदा मलाई साह्रो पर्छ,
तिमी बाँच्दा म बाँच्छु, बाचिरहु न सानु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *