कोमाभित्र क्रान्तिकारी परिवर्तन
युवराज घलेभाइ
गान्तोक सिक्किम, भारत
कोमामा परेको हाम्रो क्रान्तिकारी परिवर्तन
फुर्लुङमा राखेको सेतो कुकुर झैँ
कपाल फुलाउने विद्वानहरू र सैतानहरू
नथाक्ने ओह ! दुई छाकदेखि माथि
चारो टिप्न तयार ________ अहँ ‘म’
अर्थहीन स्वीकार छैन
ऊँध्दै अभिमानमा बाँच्छु —–
मुख थुनिएका राजनीति
चाल्नीबाट झरेको झोल
टुक्रिएर हजारौँ मेरो स्वाभिमान
सिगरेटको खाली पाकेटबाट निस्केको धुवाँ
असफल मानवतावादको झन्डा बोक्न
राजनीति दुई खुट्टाबाट निस्केको
मस्तिष्कलाई मारेर
थिचेर लेख्नुपर्ने मेरो कविता र लेख
गालिब मेरो सामुन्ने उभिएको छ
बडो कठिन भो उम्किन
काखको नानी ____ गृहस्थी – प्वाँखहरू , उम्रेकाहरू
करङमा टाँसिएका अनुहारहरू
सुँक्सुँकाउँछु , रुन्छु धेरै – आँखामा रगत जम्छ
निर्धो पाखुरा , राजीनामा दिएको जिन्दगी
यति सानो आवाज कसरी भो
मेरो मनभित्र ढुङ्गाको थाक लाग्छ ।