को बुद्धिमानी ?

वादल थापा,
काठमाण्डौ

केही दिन अधिको कुरा हो । भूटानको राजधानी थिम्पुमा सार्क सम्मेलन समापन पश्चात बलुकी तीन राष्ट्र प्रमुखहरु बसेर केहि उपलव्धिका बारेमा छलफल गर्न लागे छन् ।
ख्याल–ख्यालैमा तीन राष्ट्र मध्ये को बुद्धिमानी भन्ने कुरा सावित गर्नु पर्ने भएछ ।

भुटान – शरणार्थीहरु तेस्रो राष्ट्र पुनस्थापना भएपछि मलाई कति ठूलो सफलता प्राप्त भयो यो भन्दा धेरै र ठूलो फाइदा के हुन सक्ला र ? यो ने मेरो बुद्धि र क्षमताको दृष्टान्त हो ।

भारत – तिनीहरु भूटानमा हुँदा पनि मलाई नै फाइदा थियो , निकाल्दा पनि मलाई नै फाइदा ।
नेपालमा रहदा सम्म पनि किनबेच भारतमै हुन्थ्यो । कसलाई कति फाइदा भो भन्ने त उनीहरु नै जानुन् । यो मेरो सानु भन्दा सानो चतुर्याइँ मात्र हो ।

नेपाल– शरणार्थीहरु हाम्रा लागि लैन गाइ नै थिए÷छन् । उनीहर बस्ने , खाने, श्रम गर्ने नेपालभूमि नै हो । नेपालले सोच्न सम्म नसोचेका विकास यिनीहरु आएपछि सम्भव भए । यिनीहरुका लागि आएको सहायता हाम्रै विकासयोजमा लगाइयो । अहिले आएर शरणार्थीलाई नै बेचिदिएर मलाई झन बढ्ता फाइदा भइरहेछ । त को बुद्धिमानी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *