गजल:११२

गजलकार

दिपक थापा
अमेरिका

आँसु पुछी तिम्रो यादमा हाँस्नु पर्ने भो
पराइ संग लगन गाँठो गाँस्नु पर्ने भो
तिमी मेरो दिलमा छैनौ कसरी पो भनुँ
भुल्न याद तिम्रो चिनो माँस्नु पर्ने भो
अतीतका पाना भित्र खोज्दा हाम्रो साथलाई
भुल कसको थियो चिनो टाँस्न पर्ने भो
तिम्रो पीडा वियोगको विष भन्दा आज
समर्पणमा आफ्नै प्रेम नाँस्नु पर्ने भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *