गजल:२०५
धर्मेन्द्र तिम्सिना “क्षितिज”
आइडाओ, अमेरिका
जाऊ तिमी अर्कैसँग भो-भो छेक्दिन म
हाम्रो प्रेमको तीतो कथा भो-भो लेख्दिन म
हाँस्दै-खेल्दै रमाउदै अर्कैसँग बस्नु तिमी
हामी भेट्ने चौतारीमा भो-भो टेक्दिन म
मैंले देको फोटो तिम्ले जलाएर फ्याँके पनि
राखेको छु तिम्रो फोटो भो-भो फ्याँक्दिन म
मेरो मुटु जलाउँदा, तिम्रो पनि त्यसैगरी
जलोस् मुटु भन्दै घाममा भो-भो सेक्दिन म
गरिब भनी खिसी गर्दै तिम्ले मलाई हेपे पनि
अझ धनी बन्नु तिमी भो-भो हेप्दिन म