गजल-१३३

किरण टी लिम्बु / बेलायत

दिन ढली साँझ भाग्दा जिइरहेछु रातहरु,
रात गली नशा लाग्दा पिइरहेछु मातहरु ||

जीवनभरको साथलाई नियतीले खोसी लिंदा,
असाह्यको साथ मागी दिइरहेछु हातहरु ||

भरोसाको रुख ढली आशै-आशको हाँगा फाट्दा,
मनभित्र च्यातिएको सिइरहेछु पातहरु ||

विश्वासको नाता गाँसी दिन-दिनै धोका पाउँदा,
ईमानको भेटी चढाई लिइरहेछु घातहरु ||

उमंगको छालहरु घायल बनी बगी जाँदा,
वेदनाको रेटाइमा खिइरहेछु आँतहरु ||

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *