गजल-१३९
स्व. रुपा सुब्बा
फाटी रहयो जीवन सिएर बाचेँ
आफु रितिदै अरुलाई दिएर बाचेँ
जीवनबाट सुख गुमाई सदा-सदालाई
फलाम सरी जीवन खिएर बाचेँ
चोट भुल्न जिन्दगीमा नसा होइना मैले
केवल नुनिलो आँशु पिएर बाचेँ
मिलन, ख़ुसी जिन्दगीमा सदा दूर भए
वियोग र दु:ख आफू लिएर बाचेँ
दिदीको सिर्जना अति नै राम्रो छ. तर तिमि हामी लै छोडेर टाडा भएव दिदि…………………