गजल-१३९

गजलकार

केशव काफ्ले
पेनसिलभेनिया, अमेरिका

पूर्वमा छुटेको पांग्रो प श्चिमतिरै मोडौ सानु
जिन्दगीका दुवै पांग्रा एकैतिर जोडौ सानु

पूर्व पश्चिम दौडिएर जीवन एक्लै चल्ने छैन
जिन्दगीका दुवै पांग्रा एकैतिर मोडौ सानु

प्रकृतिको नियम त्यतै एकैतिर मोड्नु पर्छ
यसै उसै गर्दै यात्रा जीवनलाई गोडौ सानु

 

Don't have a Facebook account? Please, use the form below with other options!