गजल-१४१

गजलकार

टिका खनाल,
कोलोराडो, अमेरिका

आइरहने सधैँभरि पल गारो मिठो
पाएको जिन्दगी एक बार सारो मिठो

एक्स बक्स पी एस ३ मा जिन्दगी रमाएका
“फिन्स्यो” लुकाइ,रूमाल लुकाइ तातो न छारो मिठो

आधा खाई दिनभरि भोक थमाएका
मेहनत गरी  पकाएको त्यो चारो मिठो

तातो चिसो एकै ठाउँ आउने पानी
मिलीकन एकपछि अर्को धारो मिठो

Don't have a Facebook account? Please, use the form below with other options!