गजल-१४९

सुदर्शन पोखरेल
डेनमार्क

समाज एउटा मानिसको लाम मात्र हो
चिठ्ठी लाउन  बनाइएको  खाम मात्र हो
चिठ्ठी चैं छैन त्यहाँ खोली हेरे हुन्छ 
रोगीहरुको पेनकिलर रोगथाम मात्र हो
काल्पनिक आनन्दमा रमाउनेहरु
रमाउने स्वर्ग एउटा याम मात्र हो
सुवासको पर्यायलाई अंगालेछु पहिले
थाहा पाएँ आज सबै कसैको फाम मात्र हो
गरीबको छोरो  त्यहाँ आट्न सग्दैन
बलिया र बांगाको दाम मात्र हो
बच्न पनि सारो छ  सत्य कुरा बोल्दा
कलियुगमा जन्मिएको राम मात्र हो !

Don't have a Facebook account? Please, use the form below with other options!