गजल-१६६

झगेन धिमाल
मेल्बोर्न, अष्ट्रेलिया

जति खानु खाइसक्यौ अब जीवन गाँस होइन
खेलौना झैं खेलाएथ्यौ अब जीवन तास होइन !

आँखा चिम्लेथें सायद झूटो मायामा फस्नु अघि
जर्सी गाईले चपाउने अब जीवन घाँस होइन !

दोबाटोमा सोधे कसैले चिन्दिनँ म भन्दिए हुन्छ
परिवर्तन भयो जीवन अब वटुवाको बास होइन !

साहरा थें टुटिसक्यो नसम्झे हुन्छ मलाई
लालचमा फस्तैन जीवन जीउँदो छ लास होइन !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *