गजल-१८३

राम बि.एन.ए

तिमीसँगै खुसीहरु मरेर गए
आँसुसँगै हाँसोहरु झरेर गए

एक पछि अर्को, हजार चोट भोगें
जिन्दगीमा पिरहरु भरेर गए

बेहोसीमा दिनहरु बिते सधैँसधैँ
बिउँझाइमा रातहरु टरेर गए

साँझ ढल्दा यादहरु बडेर आउँछ
आँखाभरि तिम्रो तस्बिर चरेर गए

Don't have a Facebook account? Please, use the form below with other options!