गजल-१८

तिलारुपा आचार्य / ओहायो, अमेरिका

खै! कति लेखौँ देश चर्किएको कथा
चोटभित्र मनहरु मर्किएको कथा ।

हिजो बैनी आज आमा बलात्कृत हुँदा
असह्य भै धने अन्तै तर्किएको कथा ।

मर्दा न त चिहान नै छ शरणार्थीलाई
सपना भो धान बाला लार्किएको कथा ।

यौटा टाले अर्कोतिर  भ्वांग  पर्ने गर्छ
कसले सुन्ला यहाँ सुख झर्किएको कथा?

बुद्ध पनि शान्ति खोज्न कतातिर गए ?
नसुनाऊ बम बारुद थर्किएको कथा ।

१५/११/२००४
शनिश्चरे

One Reply to “गजल-१८”

Don't have a Facebook account? Please, use the form below with other options!