गजल – ४७४
अनन्त आचार्य
अस्ट्रेलिया
दुखेको छ मलाई कहाँ भन्नै सकिनँ ।
बिजेकोछ बेसरी जहाँ भन्नै सकिनँ ॥
मलाई खोइ के भयो खोज्नै सकिनँ ।
कहाँ पोल्छ दुख्छ त्यहाँ भन्नै सकिनँ ॥
जलिदिन्छ भित्र नै दन्दनी सबैतिर ।
बनेको छ खरानी वहाँ भन्नै सकिनँ ॥
भत्भत् पोलेको सधैँ त्यो सहनै सकिनँ ।
घोचेको छ मलाई ऐहाँ ! भन्नै सकिनँ ॥
कति गहिरो छ हे! कहाँ प्रेमको घाउ।
कुन औषधी लाऊँ यहाँ भन्नै सकिनँ ॥