गजल: २५५

गजलकार
गजलकार

डी एन काफ्ले
एड्लेड अस्ट्रलिया

सहिद छोराको लाशमाथि बुवा रो‘को कथा छ याँ
कफिनभित्र लाश आयो बिधुवा रो‘को कथा छ याँ

भ्यागुत्ताले छोडेपछि कुवा रो’को कथा छ याँ
रानिवनको डडेलोमा भूवा रो’को कथा छ याँ

विदेशिए किसान हलो-जुवा रोको कथा छ याँ
फलाम उड्न थालेपछि रुवा रो‘को कथा छ याँ

खोला अन्तै सर्यो हिजो, बालुवा रोको कथा छ याँ
सहिद छोराको लाशमाथि बुवा रो’को कथा छ याँ

6th April 2011

Leave a Reply

Your email address will not be published. Required fields are marked *