गजल-२८७

गजलकार
गजलकार

टेक भण्डारी 
एड्लेड, अष्ट्रेलिया

बाध्यतासंगै उर्लिएको “खोली” तरेर आएँ
यो टुटेको दिलले पुरै झोली भरेर आएँ ।

आधा उतै छोडीयो सायद विवश थिएँ म
हरेक यादका टुक्राले डोली हरेर आएँ।

मनै थिएन छोड्ने तर आगै दन्कीएपछी
छातीमा बैरीकै हातको गोली छरेर आएँ।

खै कस्को आँखा लाग्यो आफनै घर त्याग्नु पर्ने
भुल्नै नसकेर त्यो दिन भोलि मरेर आएँ।

Don't have a Facebook account? Please, use the form below with other options!