गजल-३३४ 

Ishwar Prabasi

Current Address:
Salt Lake City, UT. USA
Father/Mother: Pashupati/ Duk Maya Dangal
Originally from: Sarpang, Bhutan
Email: ishwardangal@gmail.com

गजलकार
गजलकार

ईश्वर प्रवासी
युटा, अमेरिका

मलाई लाग्छ जिन्दगी मारमा छ
फूलमा हैन खुकुरीको धारमा छ ।
मौरी अचेल पलायन भईसक्यो
किन हो फट्याँग्रो पो घारमा छ ।
जितको पनि के कुरा गर्नु र यहाँ
बाँकी जीवन लगातार हारमा छ ।
खुसी मिल्नु त डाँडापारिको घाम
मुटु त आजकाल काँडे तारमा छ ।
डालीको त भो अब यहाँ कुरै नगरौँ
पुतलीको बास त यहाँ झारमा छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *