गजल-३४५

Ishwar Prabasi

Current Address:
Salt Lake City, UT. USA
Father/Mother: Pashupati/ Duk Maya Dangal
Originally from: Sarpang, Bhutan
Email: ishwardangal@gmail.com

गजलकार
गजलकार

ईश्वर प्रवासी
युटा, अमेरिका 

दियो जलाएँ थिए तिम्रो नाउँमा
तर छुन दिएनौँ तिम्रो पाउमा ।

तिमी त्यहाँबाट बसाइँ सरेदेखि
कसम, गएको छैन तिम्रो गाउँमा ।

आफ्नै लागि सधैँ जीएको थिएँ म
आज राख्नु पर्‍यो जीवन तिम्रो दाउमा ।

महँगो ठान्थेँ म आफ्नै मायालाई…
किन बेच्नु पर्‍यो आज सस्तो भाउमा ?

चिन्नेहरुले आज दुनियाँ चिनिसके
म भने अपिरिचित छु आफ्नै ठाउँमा ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *