गजल-३५७
दिपक शर्मा धिमाल
सिड्नी, अस्ट्रेलिया
चर्की रह्यो मनको खाटो सम्झिएर रोएँ ।
आज देशको अर्को पाटो सम्झिएर रोएँ।।
हजुरबाले बगाएको पसिनाको चर्चा चल्दा ।
हामी हिँड्ने गोरेटो-बाटो सम्झिएर रोएँ ।।
प्रकाश बनी जानु भयो सारा जगत् रुवाएर।
उल्टै चित्त बुझाउँनुको साटो सम्झिएर रोएँ।।
सारा देश रोइरह्यो मुटु टुट्यो साथ छुट्यो।
फेरि देशविहिन भएको माटो सम्झिएर रोएँ।।