गजल-३५५

गजलकार
गजलकार

भावना गिरी
गुएल्फ, क्यानाडा

प्रेमगीत  अर्कैसंग  रच्दै  थियो  ऊ भने
नाजायेजी संबन्धमा बस्दै थियो ऊ भने।

उसकै  यादमा सिरानी भिजाएछु यता मैले
पराईको    रशमा   रस्दै   थियो   ऊ   भने।

दु:ख  जत्ति  सबै  उसले मलाई दिई फेरि
झुट्टो प्यारको जालमा फस्दै थियो ऊ भने।

यता  एक्लै  जाडो  काट्न  गाह्रो  हुँदै गर्दा
अंगालोमा गोपिनीलाई कस्दै थियो ऊ भने।

पतिव्रता धर्म भनी मरिमेट्ने आफू चाहिं
मेरो धर्म अन्तै  कतै मास्दै थियो ऊ भने।

सातौँ  जन्म  जोड्ने  डोरी खुस्काई  यता
कसैसँग कच्चा धागो गाँस्दै थियो ऊ भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *