गजल – ३९३

प्रज्ञा पोख्रेल्
सिन्धुली, नेपाल

गिद्धे छन्  नजरहरू प्रेम  पानामा आइपुग्छन्
लागेपछि राम्रोमा नजर चाहानामा आइपुग्छन्।

भर आफ्नो मात्र हुन्छ,आफ्नै शत्रु बनेर हिड्छन्
प्रेम दिनेको  चोट मुटुको सिमानामा आइपुग्छन्।

पिडाको  कदर  छैन, अब झन् पराई हुन्छन् अरे
खै अब कहिले जिउँदै मर्ने जमानामा आइपुग्छन्?

कलि हो यो सक्नेले सकेसम्म दुख,कष्ट,पीडा दिन्छ
बाधाले  घेर्दा  कृष्णलाई, कहाँ  सुदामा  आइपुग्छन्?

फक्रेको फूल  बगैँचामा हाँसेको देख्दा पापी नजर
रस चुस्न  भमराहरू अनेक  बहानामा आइपुग्छन्।

Don't have a Facebook account? Please, use the form below with other options!