गजल – ४०१
ज्योति धना,
अष्ट्रेलिया
तिम्रो र मेरो मन उस्तै हुनु पर्छ।
हामी खेल्ने आँगन उस्तै हुनु पर्छ।।
आमा-बासँगै जन्मघर छोडेको हुँ।
बाँचुन्जेल जीवन उस्तै हुनु पर्छ।।
दुई दिन बाँचुन्जेल यस धर्तीमा।
सबैलाई हेर्ने नयन उस्तै हुनु पर्छ।।
हामी जस्तो अवस्थामा रहे पनि।
नेपालीको रहनसहन उस्तै हुनु पर्छ।