गजल – ४०१

ज्योति धना,
अष्ट्रेलिया

तिम्रो र  मेरो मन  उस्तै  हुनु पर्छ।
हामी खेल्ने आँगन उस्तै हुनु पर्छ।।

आमा-बासँगै जन्मघर छोडेको हुँ।
बाँचुन्जेल  जीवन  उस्तै  हुनु पर्छ।।

दुई दिन  बाँचुन्जेल  यस  धर्तीमा।
सबैलाई हेर्ने नयन उस्तै हुनु पर्छ।।

हामी  जस्तो  अवस्थामा  रहे  पनि।
नेपालीको रहनसहन उस्तै हुनु पर्छ।

Don't have a Facebook account? Please, use the form below with other options!