गजल-४२४

माया भट्टराई
केन्टकी, अमेरिका

एउटै भूगोलभित्र मिलीजुली बाचेका हामी नेपाली
आफ्नो इतिहास जोगाउन जुटेका हामी नेपाली ।

देशमा   एकतन्त्रीय   शासन   चलिरहेका     बेलापनि
आफ्नो भाषा, संस्कृति जोगाउन लागेका हामी नेपाली ।

आफ्नै   मौलिकता   थियो, आफ्नै  भेष  भूषा थियो
एउटै सभ्यताभित्र सबै मिलेर हासेका हामी नेपाली ।

समयले  नेपालीलाई  नेपालभित्र  शरणार्थी   बनायो
आफ्नै पुर्ख्यौली थलोमा शरण लिएका हामी नेपाली ।

छरिएर   विश्वभरि  नेपालीपनको  गाथा  गाउँदै
इतिहास बचाइ राख्न सचेत रहेका हामी नेपाली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *