गजल – ४४३
धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका
कतै निराशा त कतै आशा बोकेर
बाँचिरहेछु मुटुभरि दुख पीडा बोकेर ।
मेरो पर्खाइमा वर्षौँ पछि पनि इतिहास
रोइरहेको होला नलेखिएको कथा बोकेर ।
खसाउँछन् आँसु अनि सम्झन्छन् मेरा बा
गाउँमा हिँडेको सिङ्गै भिर पाखा बोकेर
रहरहरू थिए, सपनाहरू थिए, सबै बिलाए
र त जिइरहेछु अर्कैको सहारा बोकेर ।
आज परदेशलाई देश भन्न बाध्य भएको छु
फाटेको मुटुमा देश माटो र आमा बोकेर ।