गजल-४४७

ओम पोख्रेल
विन्डसोर, क्यानाडा

हामी दुई हिँड्ने बाटो, अब फरक-फरक भयो
पैतालाले टेक्ने माटो, अब फरक- फरक भयो ।

किन मुटु दुईटा भयो, किन भयो धड्कन बेग्लै?
नयॉं जुनी जोड्ने गॉंठो, अब फरक- फरक भयो ।

सँगै जिउने सँगै मर्ने, कसम जति खाए पनि
जिन्दगीको यो गोरेटो, अब फरक-फरक भयो ।

चोट लाग्थ्यो सँगै हामीलाई, सँगै घाउ चर्की रहन्थ्यो
एउटै थियो घाउको खाटो, अब फरक-फरक भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *