गजल-४५४

तारा कडेल
भर्जिनिया, अमेरिका

औँसी सधैँ अँध्यारै हुन्छ र त बिहान आउँछ
पहाड सधैँ उकालो हुन्छ र त मैदान आउँछ ।

एकोहोरो सधैँ मन नदुखाऊ सानु
पिर व्यथा छ र त मुस्कान आउँछ ।

जीवन यात्रा हो नबिसाई हिँड्नुको मजा हो जिन्दगी
अफसोस किन गर्नु, भिर पहाड छ र त चट्टान आउँछ ।

ठेस लाग्दा दुखेन भने त्यसको के अर्थ
मन पीडित हुन्छ र त ज्ञान आउँछ ।

Don't have a Facebook account? Please, use the form below with other options!