गजल – ४६

परदेशी तारा
न्युयोर्क, अमेरिका

झोला भयो जिन्दगी स्वदेशमा
तोला भयो जिन्दगी परदेशमा

वर्षायाममा बग्दै जाँदा सुकी जाने
खोला भयो जिन्दगी मधेशमा

कृष्ण हुँदा पनि सुदामाको जस्तो
भोला भयो जिन्दगी उपदेशमा

स्वदेशमा द्वन्द्व मात्र ‘पर्देशी’ले देख्दा
के होला ? भयो जिन्दगी द्वेशमा

Don't have a Facebook account? Please, use the form below with other options!