गजल-४८

परदेशी तारा
न्यू योर्क, अमेरिका

प्रश्न गर्दा गाली सम्झिन्
उत्तर पस्के जाली सम्झिन्

छानो नहुँदा ओत लाग्न
घर बनाएँ पाली सम्झिन्

यात्रा ओरालिको लाग्दा पनि
हरेक पल उकाली सम्झिन्

‘परदेशी’ यो जावानीको
बैंस सबै खाली सम्झिन्

Don't have a Facebook account? Please, use the form below with other options!