गजल ५१०
-अबिनास भट्टराई एक्स्ट्रा
भर्मन्ट अमेरिका
पल पलमा साथ दिने बोतल भए
डर कसको किन लिने बोतल भए
सजाएर राख्ने थिएँ उनका यादहरू
के चाहिन्छ यादले भरिने बोतल भए
नशा दिन्छ भन्थे मान्छे, अहँ मैले पत्याइन
जब उसको आँखैमा लठ्ठिने बोतल भए
रात सकिए पनि खै बात नसकिने रहेछ
जोडी खुब जम्छ गफिने बोतल भए
भो नसम्झ तिमी अविनाशी हुन्छौ बलवान् हुन्छौ
मान्छेले आफूलाई ईश्वर सम्झिने बोतल भए