गजल ५१५

खेम खनाल
ओहायो अमेरिका

धोका दिएर टाढा सर्ने सरी रहन्छन् ।
ईष्या र द्वेष जाली गर्ने गरी रहन्छन् ।।

सन्तोष हो सबैको आनन्दको छहारी ।
बाँचौँ भुलेर बाधा पर्ने परी रहन्छन् ।।

गिर्दै गिराउँदै छन् बाटो भुलेर मान्छे ।
चिन्दैन जिन्दगानी झर्नेझरी रहन्छन् ।।

निर्धाहरू फकाई ढल्नेहरू उठाऊँ ।
सत्कर्म गर्न थालौँ लर्ने लरी रहन्छन् ।।

शङ्का लिएर ब्यर्थै जान्छौँ खिएर आफैँ ।
हाँसेर बाँच आफू मर्ने मरी रहन्छन् ।।

(मुजरे अखरम) नहर
दिक्पाला छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *