गजल ५२२

अबि बाबु अधिकारी
अमेरिका

मलाई गिज्याँऊदै यो काल आफ्नू बाटो लाग्छ!
हरेक वर्ष आएर नयाँ साल आफ्नू बाटो लाग्छ!!

सधैँ भरि एक्नास् नहुँदो रहेछ माहासागर्मा पनि!
फोरेर हृदय स्मृतिको छाल आफ्नू बाटो लाग्छ!!

मनबाट सल्किएर बिस्तारै यो शरीर जलिरहन्छ!
छल्किएर आँखाबाट ताल आफ्नू बाटो लाग्छ!!

तिमीले आफ्नू जीवनमा कति के के गरेऊ होला!
यो दुनियाँको विपरीत चाल आफ्नू बाटो लाग्छ!!

Don't have a Facebook account? Please, use the form below with other options!