गजल ५३३

कुमार सिवाकोटी 
ह्यारिस्वर्ग, पेनसलभेनिया
ज्याला र मजदुरीले पथरी दमक बिर्तामोड बन्यो
मेरो त सम्झना भो त्यहाँ जिन्दगी चल्ने रोड बन्यो
सधैँ आगो र पानीको डर बास मेरो बाँसको घर
बाँसकै घरमा बस्नेको पसिना आज करोड बन्यो
रङिन घर बनाउने बोडिङ पढाउने पोसको मोह
छोड्नै मन थिएन के गर्नु माया पनि बिछोड बन्यो
गाली बिर्सिएर मिहेनत गरे पछि आज ताली मिल्यो
मिहेनत हो या भाग्य जिन्दगी नपत्याउने मोड बन्यो

Don't have a Facebook account? Please, use the form below with other options!