गजल-५

रुपनारायण पोखरेल
सीए, अमेरिका

कैयन् बलात्कृत चेलीको पीडा अझै आलो छ
दक्षिणबाट उठेको बादल हेर अझै कालो छ।

क्रुरताको हद विना हिसाब कहिल्यै मेटिन्न
चेली रोएको देख्ने साक्षी धानको बालो छ।

सिँउदो पुछेर पनि नारित्व सहजै लुटिस्
नियतीको सजाय भोग्नै पर्छ तँलाई गाह्रो छ।

मंगल, शुक्र, शनि र केतु तेरा मात्र होइनन्
होसियार रहे राम्रो तेरामा राहुको पालो छ।

One Reply to “गजल-५”

Don't have a Facebook account? Please, use the form below with other options!