गजल-९५

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

भक्त घिमिरे
अमेरिका

बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न
कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न,

धनीहरू चामल भए गरीब सबै घूनसरि
चामलजति ‘हाम्रै’ भए कहिल्यै घून ‘हाम्रो’ हुन्न,

हुनेहरू चन्द्र छुन आकाशतिर धाउँछन् हेर
नहुनेको जीवन बाँच्नु मर्नुजति राम्रो हुन्न,

देश छुट्यो पहिचान् टुट्यो हामी को हौं आज
भाँचेपछि खुट्टा पहिले, बलियो फेरि काम्रो हुन्न !

Leave a Reply

Your email address will not be published. Required fields are marked *