गजल-९६

गजलकार

सोभित अधिकारी
अमेरिका

धरै धरै उनको बोली सुन्न मन लाग्यो
उनीसँगै मायाजाल बुन्न मन लाग्यो,

प्रियसीले छाड़ी गइन् मन त्यसै फाटिसक्यो
रातै भरी तस्बीर हेर्दै गुन्न मन लाग्यो,

चीनो हेर्दा लाग्यो मलाई उनी मेरै साथ छिन्
धरै धरै बोली उनको सुन्न मन लाग्यो,

कस्तो माया होला मेरो कति छिटो टुटीजाने
फेरि पनि प्रेमको नाता तुन्न मन लाग्यो ।

Don't have a Facebook account? Please, use the form below with other options!