गजल-४४८

डिल्लु चम्लागाई
ओहायो, अमेरिका

हतारमा  दौडियो ऊ  एक्लै  प्यास  मेट्न कुवा सम्झेर
मलाई कहिल्यै  हतार लागेन  कथाको कछुवा सम्झेर ।

मलाई चिता जलेको देख्दा गुनासो लाग्दैन आजकाल
कोही अघि कोही पछि जानैपर्छ चिताको धुवाँ सम्झेर ।

चाहँदा चाहँदै तिमीलाई घरमा अटाउन सकिनँ आमा
आउँछु कुनै दिन तिम्रै हातले पानी दिनु बटुवा सम्झेर ।

कसरी आउन सक्छु र प्रिय जब  तिम्रो  निम्तो नै छैन
कुकुर पनि आउँदैन नबोलाएको ठाउँमा भतुवा सम्झेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *