गजल – ४४९

सुशील रेग्मी
ओहायो, अमेरिका

मैले भिरालो अनि साँगुरो बाटो लेख्नै छोडी दिएँ दाजु
जन्मिएको मेरो देश अनि माटो लेख्नै छोडी दिएँ दाजु  ।

मैले मेरा बाबाका निर्णयहरू गलत हुदैनन् जाने देखि नै
हुन मेरा बाबा त अनपढ र लाटो लेख्नै छोडी दिएँ दाजु  ।

सुखले मसँग कुनै सम्बन्ध राख्न इन्कार गर्‍यो नि जसै
सुख दुःख सिक्काको दुई पाटो लेख्नै छोडी दिएँ दाजु  ।

म यसरी पिज्जा अनि बर्गरको स्वादमा लिप्त भएको छु
मिठो हुन्छ सिस्नु ढिँडो र आँटो लेख्नै छोडी दिएँ दाजु  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *