गजल – ४८२
अनन्त आचार्य
अस्ट्रेलीया
स्निग्ध हृदय हे मेरी ! चोरी लगेउ पीरमा ।
घायल भई लौ फेरि चोरी लगेउ पीरमा ॥
छाती चिरेर मायालु मनै लग्यौ नि छीनमा ।
मोहनी रूपले हेरी चोरी लगेउ पीरमा ॥
खोज्न थालेँ मनै भित्र कहाँछौ नि कता गयौ ।
सोध्न थालेँ नि यो खेरि चोरी लगेउ पीरमा ॥
फूलभित्र उनी देख्छु तारा जस्तै वरिपरि ।
नीरमा देख्छु ऊ नेरि चोरी लगेउ पीरमा ॥
आकाशमा उनी हेर्छु परन्तु मेघ देखियो ।
सर्वस्व भो नि दील् बेरि चोरी लगेउ पीरमा ॥