गजल-४८६

दिपेश चापागाँई
पेन्सिल्भेनीया, अमेरिका

नेपाली भाषाको शृङ्गार गरने चोली हौ तिमी
नेपाली जातिले भाका हाल्ने मीठो बोली हौ तिमी ।।

सरल नवरत्न भाषाशैलीमा, रामायण अनुवाद गरी
साहित्य प्रेमीले हृदयमा सजाउने, डोली हौ तिमी ।।

भक्तमाला, बधुशिक्षा, प्रश्नोत्तर, रामगीता आदि रचेर
सुलभ भाषाशैली र मौलिकता बोक्ने, झोली हौ तिमी ।।।

रङ्गिन अक्षरले नेपालीपन पोतेर झलमल्ल पार्दै
नेपाली भाषा लिपी रङ्गाउन सिपालु होली हौ तिमी ।।

भाषा, साहित्य र संस्कृतिको थुम्को उचाल्ने वीर
सललल संसार भर बग्न सकने खोली हौ तिमी ।।

Don't have a Facebook account? Please, use the form below with other options!