गजल-४९३

तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका

बहिनीले न्याय  पाउने आस  मात्र थियो हजुर
न्यायालय नै  बिक्रिमा देख्दा रोयो हियो हजुर ।

शान्ति तिमी  छैनौ र त  बेचइन छ यहाँ अचेल
कति छेकौँ बचाउनलाई उम्मीदको दियो हजुर ।

‘जो  आए  नि  कानै  चीरेको’ भन्नु  हुन्छ आमा
कहाँ पाउनु  खै  जिन्दगी सिलाउने सियो हजुर ।

गरिबिलाई  हराउन  हिँडेको’ थ्यो  आफै  हरायो
कफनमा ऊ फर्केको खबर गाउँमा सुनियो हजुर ।

बरु  भोकालाई  एक छाक टार्नुहोस्, जय हुन्छ
अब ढुङ्गाले दूध पिउने जमाना, बद्लियो हजुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *