गजल ५४०

नवीन प्रभात
क्यानडा

फुटाएर शासन गर्ने अभियान चल्दै छ रे
राम्रो काम देखेपछि भित्र – भित्रै जल्दै छ रे

बोलाउँदै आऊ नजिक यतातिर बस भनी
षड्यन्त्रको आगो त्यहाँ दनदनी बल्दै छ रे

देखिनलाई आफू मात्र अघि- अघि बढ्दै छ ऊ
छेउकालाई सर्दै – सर्दै आफ्नो ढाडले छल्दै छ रे

मिठा चिज देखाएर आहा भन्दै लोभ्याउँदै
गुलियोमा कुन कुन रङ लुकिलुकी दल्दै छ रे

रोपेको छ वृक्ष एक पाकी फल दिन्छ भनी
नझुक्किनु त्यसकै छेउमा विषालु दानो फल्दै छ रे

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *