गजल-५४
देश भक्ति यौटा शेर लेख्न खोजे आँसु झर्ने गर्छ
कल्पनाले अनयासै अटलान्टिकलाई तर्ने गर्छ
असार साउन हिलो मैलो मानसले सुसाउँछ
किसान खुसी हलो जोती बिहाड भर्ने गर्छ
घुम ओडी दांधे फ्यौरी चला’ ऐले लाग्छ
कम्पनीको कामले दिक्क दिंदा मनै सर्ने गर्छ
दसैँ तिहार हराबरा परिवार सबै जना
सयपत्त्री नि ढकमक्क,सौन्दर्यलाई छर्ने गर्छ
अतितले ढोका खोल्दा विरहले गाँठो पार्छ
उधारै उधारोको जिन्दगीमा धेरै पिर पर्ने गर्छ
Da thanks alot for your fact,real and the painfull words which made a beautiful gazaal.I liked it and glad to read your words again.Keep it up.
last line ekdam painful chha ni tara daami chha. i never knew u are a great gajalist.Ilove it.