गजल-२
रमेश गौतम
नर्वे
चन्द्रमालाई छोप्न खोज्दा पीडाहरु भरेछौ नि
कल्पनाको स्वर्ग तर जाल रची हरेछौ नि।
यस पालि त वनैभरि बाघहरु नाँचे अरे
मानवको बस्तीभरि वीषवर्षा गरेछौ नि।
टाकिन पनि हाँस्यो अरे त्यो गौरव के भयो र?
दुर्गम गाउँबस्तीतिर पीडा बोकी झरेछौ नि।
सुनेकोछु तिब्बतमा रेभनले आँसु झा-यो
साब्ड्रुडका पाइलाभरि ‘दुर्गन्ध’ पो छरेछौ नि।
फूलपातीले पुकारेथ्यौँ ‘भगवान’को अस्तित्वलाई
पीडा वरदान बोकी बोकी खोलाखोल्सी तरेछौ नि।
I have read ur gazal in nepali. i like it and i gain more knowledge from u and be sure u will reach at top in ur life,go through it….sagar Australia